काठमाडौं । रियल स्टेटको ब्यवसायमा अग्रणी स्थान हासिल गरिरहेको एसके भेन्चर्स प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार एक सय जना मजदुर तथा विपन्न परिवारलाई राहत बाँडेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर-४ को बिशाल मिलन केन्द्र चण्डोल-बालकुमारीमा गरिएको राहत बितरणमा चामाल, चना, नुन, चाउचाउलगायतका खाद्य सामाग्री रहेको थियो ।
यसअघि कम्पनीले कीर्तिपुर नगरपालिका वडा नम्बर-६ चोभार, काठमाडौं महानगरपालिका वडा नम्बर-२ लाजिम्पाट र काठमाठौं महानगरपालिका वडा नम्बर-४ को समन्वयमा त्यहाँका श्रमिक, विद्यार्थी र विपन्न परिवारलाई जम्माजम्मी दुई सय बोरा चामल, ३० बोरा दाल, २५ बोरा चिउरा, २५० लिटर तेल, २० बोरा चनालगायतका खाद्य सामाग्री वितरण गरेको थियो ।
आधा दशकदेखि रियल स्टेट ब्यवसायमा सक्रिय युवा ब्यवसायी एवम् कम्पनीका प्रमुख सञ्चालक सोयल कार्कीले ‘लकडाउन’ का कारण गाह्रो परेका सर्वसाधारणलाई केही भए पनि सहज होस् भन्ने उदेश्यका साथ राहत वितरण गरिएको जानकारी दिए ।
प्रायजसो शुक्रबार कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अनाथ आश्रलयमा जाने, खाना खुवाउने, सहयोग गर्नेजस्ता उदाहरणीय काम गर्दै आएको छ ।